उदयपुरमा उपचार गरिदिने भन्दै महिलालाई निर्वस्त्र पारी याैन शाेषण गर्ने धामी पक्राउ

दुई जना महिलालाई याैन शाेषण गरेकाे अभियाेगमा उदयपुरमा एकजना धामी पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति त्रियुगा नगरपालिका-१० बोक्सेका ३९ वर्षीय अर्जुन भन्ने चुडामणि श्रेष्ठ हुन् ।

पीडित महिलाहरुले दिएकाे उजुरीकाे आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरले श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।

श्रेष्ठले माता उतारी दिने भन्दै महिलाहरुलाई निर्वस्त्र पारी याैन शाेषण गरेकाे बताइएकाे छ ।

श्रेष्ठले आफू १३ बर्षदेखि धामी भएको र झारफुक गरी सबै रोग निको पारिदिने प्रचार गर्दै आएका थिए । सोही प्रचारमा विश्वास गरेर आएका दुई बिरामी महिलालाई मान्दिरकाे कोठाभित्र श्रेष्ठले यौन शोषण गरेको बताइएकाे छ ।

श्रेष्ठसँगै आफूलाई माता बताउने त्रियुगा नगरपालिका-१० बोक्सेकी ४५ वर्षीया जुना राई समेत पक्राउ परेका छन् ।

श्रेष्ठ र राईलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *