आइत, चैत्र १०, २०७५

सिमांकन थाँती राखेर चुनावमा जानुपर्छ : कोइराला

Published on २५ पुष २०७३, सोमबार १७:०२ | by किरातसंसार

british-gurkhas-nepalese-council

काठमाडौं । प्रमुख सत्तारुढ कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई निकास दिनको लागि प्रदेशको सिमांकनको विषयलाई थाँती राखेर चुनावमा अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार ब्रिटिश गोरखा नेपाली परिषदद्वारा आयोजित ‘समृद्ध राष्ट्र निर्माणमा गोरखाको योगदान’ विषयक अन्तरक्रियामा महामन्त्री कोइरालाले मुलुकलाई निकास दिलाउनको लागि प्रदेशको सिमांकनको विषयलाई थाँती राखेर भएपनि चुनावमा जानुपर्ने तर्क गरेका हुन् ।

‘अहिले विवादित रहेका विषयहरुलाई थाँती राखेर भएपनि चुनावमा जानुपर्छ’, उनले भने, ‘किनकि राष्ट्रलाई निकास दिलाउनु नै ठूलो कुरा हो ।’ उनले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउनुपर्ने बेला भएकाले अब विलम्ब नगरीकन चुनावमा दलहरु केन्द्रित हुनुपर्ने बताए ।

परिषदकी नेपाल च्याप्टरकी अध्यक्ष एवं पूर्वमिस नेपाल सुविन लिम्बुले गोर्खालीले खेलेको भूमिका उल्लेखनीय रहेको बताए । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरे, एमाले नेता रविन्द्र अधिकारी, माओवादी केन्द्रका नेता सुरेश आलेमगरलगायतले आफ्नो भनाई राखेका थिए ।





Back to Top ↑