आइत, चैत्र १०, २०७५

सरकारको योग्यता निलम्बित अख्तियार प्रमुख लोकमानको जस्तै : ओली

Published on २७ पुष २०७३, बुधबार १३:५८ | by किरातसंसार

kp-oli

दमक । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे सरकारलाई आफूहरुले साथ दिने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहोराए ।

संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको धारणा थियो । उनले माओवादी केन्द्र र कांग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो । उनले सरकारको योग्यता निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे ।

बुधबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफै नाङ्गिँदै गएको उनको जिकिर थियो ।





Back to Top ↑