आइत, चैत्र १०, २०७५

श्रीलंकाका पूर्वप्रधानमन्त्री रत्नसिरीको निधन

Published on १२ पुष २०७३, मंगलवार १९:४१ | by किरातसंसार

48168-kqysojuwjw-1482831528

कोलम्बो । श्रीलंकाका पूर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मंगलबार ८३ बर्षको उमेरमा निधन भएको छ । अस्पतालमा उपचार गराइरहेका वेला उनको निधन भएको अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।

विक्रमानायके सन् २००० देखि २००१ र २००५ देखि २०१० सम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए । सन् १९६० मा राजनीतिमा प्रवेश गरेका विक्रमानायके महाजन एकसाथ पेरामुना पार्टीबाट सांसदमा निर्वाचित भएका थिए ।

उनी सन् १९७०मा न्याय उपमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि सन् १९९४ को आम निर्वाचनबाट संसद्मा निर्वाचित भएपछि उनी सार्वजनिक प्रशासन, गृह र चिया–उद्योगमन्त्री बनेका थिए । एजेन्सी





Back to Top ↑