आइत, चैत्र १०, २०७५

रुपा राईको ‘सम्झौताको डुंगाभित्र’ सार्वजनिक

Published on १४ पुष २०७३, बिहीबार १७:१२ | by किरातसंसार

album

काठमाडौं । दृष्टिविहीन रुपा राईको आधुनिक गीति एल्वम ‘सम्झौताको डुंगाभित्र’ बिहीबार सार्वजनिक गरिएको छ । किरात राई यायोक्खास्थित सुम्निमा हलमा वरिष्ठ संगीतकार शान्तिराम राई, गायिका पार्वती राई र कवियत्री विमला तुम्खेवालगायतले संयुक्त रुपमा एल्वम विमोचन गरेका हुन् ।

एल्वममा समेटिएका ८ गीत रचयिता राईले विभिन्न समयमा लेखेको बताइन् । उनले जीवनमा उकाली–ओराली गर्ने क्रममा मानिसका दुःख, पीडा र व्यथालाई समेटेर गीत तयार पारेको बताइन् ।

एल्वममा ‘सम्झौताको डुंगाभित्र…’ टाइटल गीतसँगै ‘कैयौं समय…’, ‘एकान्त यो…’, ‘फर्केर नआई…’, ‘खुसीले लेख्दा…’, ‘अरुको भन्दा…’, ‘खोज्दै नखोज…’ र ‘मायाको संघार…’ बोलको गीत रहेका छन् ।

यस्तै, एल्वममा कृष्णभक्त राई, अन्जु पन्त, नरेन्द्र प्यासी, स्मृति शाही, राजेशपायल राई, श्रेया चेम्जोङ, सुन्दर लामा र कविता काफ्ले स्वर दिएका छन् । २ सय ५० रुपैयाँ मूल्य राखिएको एल्वम ज्योति केसी र किरण केसीको लगानीमा बजारमा आएको हो ।





Back to Top ↑