बुध, साउन ८, २०७६

रातो नम्बरको फन्दामा परेकी गायिकाको बयान

Published on २१ पुष २०७३, बिहीबार १७:३४ | by किरातसंसार

prashana

काठमाडौं । गायिका प्राश्ना पाण्डेले सञ्चारमाध्ययममा आफ्नोबारे आएका कुरा कपोकल्पित, असत्य र भ्रामक भएको स्पोष्टोक्ति दिएकी छन् ।

गायिका पाण्डेले हिजो–अस्तिदेखि रातो नम्बरबाट फोन आउँदा खतरा हुने भन्दै आफ्नो फेसबुक वालमा हटस्क्रिन गरेर हालेको फोटोको विषयमा विभिन्न समाचारमाध्यममार्फत् आफ्नोबारे आएको समाचार तथ्यपूर्ण नभएको जिकिर गरेकी छन् ।

उनले भनिन्, ‘मैले जानेर यो विषयमा हाम फालेकी होइन, न कुनै गलत मनसाय थियो, संजोगबश सामाजिक सञ्जालमा भाइरल बनेको विषय र मैले आफ्नो वालमा फोटो हाल्नुसँगै भयो ।’

सिआईबीले आफूलाई पक्राउ गरेर, तारेकमा छाडेको भन्ने समाचारले आफूसँगै घर÷परिवार, आफन्तजन र शुभचिन्तकमा पर्न गएको नकारात्मक असरले दुःखित भएको बताइन् ।

उनले भनिन्, ‘मलाई एकरात सिआईबीले पक्राउ गरेर एकरात हिरासतमा राखेर छाडेको विषय सरासर गलत हो, यस्ता असत्य समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु ।’

प्रचार र प्रशंसाको लागि रातो नम्बरबाट फोन आउँदा मरिन्छ भन्ने अर्थ राख्ने स्टाटस हालेको विषयमा आफू अनभिज्ञ रहेको उनले बताइन् । उनले बजारमा हल्ला पिटेको विषयबारे आफूलाई केही जानकारी नभएको दोहोराइन् ।
उनले अञ्जानमा भएको त्यसखाले पोस्टले यति धेरै असर पर्छ, अफवाह फिजाउनेमा आफू अनभिज्ञ रहेको बताइन् ।

उनले भनिन्, ‘रातो नम्बरबाट फोन आउँदा त्यो किसिमको फोन उठाएपछि मरिन्छ भन्ने हल्ला आफूले सुन्दै आएको र साँच्चिकै साथीको मोबाईलमा रातो नम्बरबाट फोन आएको देखेपछि आफू अच्चम्भित भएर फेसबुकमा पोष्ट गरेकी थिएँ, त्यो कुराको बारेमा तथ्य नबुझि गलत समाचार बनाएकोमा खेद प्रकट गर्दछु, यस्ता तथ्यहिन कुरालाई समाचार बनाएर व्यक्तिगत जीवनमा असर पर्ने गरि समाचार लेख्नु उपयूक्त होईन, नगरिदिन पनि आग्रह गर्दछु ।’





Back to Top ↑