सोम, जेष्ठ ६, २०७६

यस वर्ष पनि पोखरामा मिस नेवा

Published on १३ पुष २०७३, बुधबार १६:१० | by किरातसंसार

miss-newa_pkhara

पोखरा । नेवा खल कास्कीको आयोजनामा मिस नेवा पोखरा नेपाल संवत ११३७ हुने भएको छ । आगामी ५ चैतमा हुने प्रतियोगिताका लागि आवेदन खोलिएको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले जनाए ।

प्रतियोगिताका लागि २२ वर्ष ननाघेका अविवाहित नेवार युवतीहरुले भाग लिन सक्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न शम्भुलाल श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय कमिटी तथा ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

नेवा खलः कास्कीले हरेक वर्ष नेवारी युवतीहरुको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास तथा नेवारी संस्कृति हस्तान्तरणका लागि भन्दै ‘मिस नेवा पोखरा’ आयोजना गर्दै आइरहेको छ ।





Back to Top ↑