आइत, चैत्र १०, २०७५

यस्तो रहेछ रैछाकुले, तीन किराती पुर्खाको मूर्ति बन्दै

Published on ११ पुष २०७३, सोमबार १४:५७ | by किरातसंसार

raicha-kule

काठमाडौं । किराती तीन पुर्खाका मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ । स्वर्गीय चित्रकार अर्जुन खालिङद्वारा तयार पारिएको रेखाचित्रमा आधारित किराती तीन पुर्खा तयामा, खियामा र रैछाकुलेको मूर्ति बन्दै गरेको हो ।

प्रतिमा निर्माणका लागि अहिले मूर्तिकार रोजन राई र धन याक्खाले जिम्मा लिएका छन् । ६ फिट अग्लो पूर्णकदको मूर्ति बन्दैछ । तीन पुर्खाको मूर्ति अलग–अलग स्थानमा राखिने जनाइएको छ ।

हलेसीस्थित महादेवस्थान–१ मा पर्ने तुवाचुङ–जायजुङ डाँडामा मूर्ति स्थापना गरिनेछ । यस डाँडासँग तीन पुर्खाको ऐतिहासिक कथासमेत जोडिएकाले यसै स्थानमा स्थापना गर्न लागिएको हो । मूर्ति आउँदो २०७३ सालको उभौलीमा उद्घाटन गरिने तयामा खियामा रैछाकुले (खोक्चिलिपा) प्रतिमा स्थापना समितिले जनाएको छ ।

मूर्ति स्थापनाका लागि समितिले देशविदेशमा रहेका किरात राई समुदायसमक्ष आर्थिक सहयोगको निम्ति अपिल गरेको थियो । मूर्ति स्थापनाका लागि ४५ लाख हाराहारी खर्च हुन सक्ने समितिले जनाएको छ । जसमा २९ लाख हाराहारीमा दाताले प्रतिबद्धता गरेका छन् ।
___________
क्याप्सन : जंगलमा सिकारका लागि धनुकाँड ताक्दै गरेको एक्सनमा रैछाकुले । यस चित्रलाई सुरुमा अर्जुन खालिङले बनाएका थिए । तस्बिर सौजन्य : किरात राई यायोक्खाका उपमहासचिव जनक राईबाट ।

यो पनि पढ्नुस-

यसरी बन्दैछ तयामा–खियामा र रैछाकुलेको मूर्ति





Back to Top ↑