आइत, चैत्र १०, २०७५

यस्ता छन् साँस्कृतिक चेत भरिएका अर्जुन खालिङका आर्ट (हेर्नुहोस् १० चित्र)

Published on २९ मंसिर २०७३, बुधबार २१:२९ | by किरातसंसार

बुधबार, २९ मंसिर, दिउँसो एउटा अपुष्ट र अस्पष्ट समाचार सामाजिक सञ्जालमा सनसनी फैलियो । यसखाले समाचारको आधिकारिताबारे कोही विश्वस्त थिएनन् । सबै अनिश्चय थिए । तर, समाचार अन्ततः सत्य थियो । यसखाले समाचार थियो, कलाकार तथा साहित्यकार अर्जुन खालिङको मृत्युको । खालिङ बुधबार कोठामै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
ललितकला क्याम्पसका गोल्ड मेडलिस्ट खालिङ केही समयअघिसम्म त्यहीँ अध्यापन गराउँथे । प्राध्यापनपछि उनी पछिल्लो समय चिन्डो प्रा.लि.का अध्यक्ष थिए । उनले किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको स्केच (चित्र) बनाएका थिए । साथै, उनका सयौं पेन्टिङ चर्चित छन् । उनी कवि पनि थिए । उनका ‘गोयाङको सुगन्ध’ र ‘सूर्य डढिरहेछ’ कवितासंग्रह प्रकाशित छन् ।
उनी कलामा साँस्कृतिक चेत पस्कन माहिर मानिन्थे । साथै, किराती संस्कृतिलाई प्रवद्र्धन र संरक्षण गर्न उनले चिण्डो फेसनसमेत सञ्चालन गरेका थिए । अहिले बजारमा जतिपनि किराती संस्कृतिमा आधारित टीसर्टलगायतका सामग्री उनकै अवधारणा हुन् । उनैले बनाएका १० संस्कृतिसँग जोडिएका आर्ट यहाँ प्रस्तुत छन् ।

arjun-khalings-art-1

arjun-khalings-art-2

arjun-khalings-art-3

arjun-khalings-art-4

arjun-khalings-art-5

arjun-khalings-art-6

arjun-khalings-art-7

arjun-khalings-art-8

arjun-khalings-art-9

arjun-khalings-art-10

यो पनि पढ्नुहोस्

कलाकार तथा साहित्यकार अर्जुन खालिङ मृत फेला





Back to Top ↑