आइत, चैत्र १०, २०७५

मेसीको मूर्ति तोडफोड, खुलेन परिचय

Published on २६ पुष २०७३, मंगलवार १३:३७ | by किरातसंसार

messi-statue_11h1j0crhl1e91ubm6x8apcyt3

ब्युनोस आयर्स, एजेन्सी । चर्चित स्ट्राइकर तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको मुर्ति तोडफोड गरी ध्वस्त बनाइएको छ । अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त मुर्ति अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएको हो ।

कोपा अमेरिकाको फाइनलमा पराजयपश्चात सन्यासको घोषणा गरेका मेसीलाई पुनः टोलीमा फर्काउन आग्रहसहित सन् २०१६ मा मेयर होरासियो रोड्रिगेज लारेटाले अनावरण गरेका थिए । रियो डि ला प्लाटाको तटमा रहेको उक्त मुर्तिको कम्मरमाथिको भाग भाँचिएको छ । मुर्तिको पुनःनिर्माण सुरु गरिएको मेयर लाटेराले जानकारी दिएका छन् ।

यसअघि क्रिस्टियानो रोनाल्डोको मुर्तिमा पनि मेसीका समर्थकले तोडफोड गरेका थिए ।





Back to Top ↑