आइत, चैत्र १०, २०७५

मुलुकलाई अखण्ड राख्न एमाले सधैं लाग्नेछ : ओली

Published on २६ पुष २०७३, मंगलवार १३:५५ | by किरातसंसार

kp-oli

दमक । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन् । झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए ।

“मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने छ” उनले भने । पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको जनाउँदै त्यसका लागि निर्वाचन अपरिहार्य रहेको बताए । करिब आठ करोड रुपैयाँको लागतमा बन्ने ११ किमी लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताए । रासस





Back to Top ↑