सोम, जेष्ठ ६, २०७६

मिरा राईलाई भव्य सम्मान, २८ लाखको चेक हस्तान्तरण

Published on २१ पुष २०७३, बिहीबार १६:२७ | by किरातसंसार

mira-rai-2

काठमाडौं । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राई र कराते खेलका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई बिहीबार सम्मान गरिएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल भएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले सम्मान गरेको हो ।

बेलायतमा बसोबास गर्ने नेपाली खेलप्रेमी, संघसंस्था र एनआरएन बेलायतका उपाध्यक्षसमेत रहेका पूर्व ब्रिटिस सैनिक राष्ट्रकुमार राईको सक्रियतामा २८ लाख रूपैयाँसहित सम्मान(पत्रले मिरालाई सम्मान गरिएको छ । त्यसैगरी मिराकी प्रशिक्षक ध्रुबबिक्रमलाई २ लाख रुपैयाँ सहित सम्मान गरिएको ।

स्थानीय दमक रेडक्रस भवनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टबाट उक्त सम्मान रकम हस्तान्तरण गरिएको छ । सम्मानका लागि बेलायतमा रहेका किरात राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले पहल गरेका थिए ।





Back to Top ↑