आइत, चैत्र १०, २०७५

‘माग सम्बोधन नगरी चुनाव गरे सशक्त प्रतिकार गर्छौं’

Published on ८ भाद्र २०७३, बुधबार १६:३९ | by किरातसंसार

युवराज कार्की, संघीय समाजवादी फोरमका उपाध्यक्ष हुन् । कम्युनिष्ट विचारधाराबाट प्रेरित भई राजनीतिमा होमिएका कार्की अहिले तत्कालीन खस समावेशी राष्ट्रिय पार्टीका अध्यक्ष थिए । ३२ जेठ, २०७२ मा तत्कालीन संघीय समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम र खस समावेशी पार्टीबीच एकीकरणपछि कार्की पनि मूलधारे राजनीतिमा छाएका छन् । उनैसँग गरिएको कुराकानीको संक्षिप्त अंशः
yubraj-karki
संविधान संशोधननिम्ति आन्दोलनको जरुरत के थियो त्यसतो?

सबैभन्दा पहिला संघीय संरचनाको पुनर्सिंमांकन गरिनुपर्यो । बसोबासका हिसाबले समुदायगत अवस्थितिलाई ध्यान दिएर पुनर्सिंमांकन गरिनुपर्छ । मुख्य कुरा तराईमा दुर्इ प्रदेश हुनुपर्छ । यो हाम्रो माग हो । यद्यपि, यसमा केही लचिलो हुन सकिन्छ ।

अर्को, तराइको मात्र होइन पहाडको पनि सवाल छ । जस्तो मगर समुदायको ‘क्लस्टर’ भत्काएर अल्पमतमा पार्ने काम भएको छ । तिनी एकै ठाँउमा हुनुपर्यो । हाम्रो माग मधेशीसँग मात्र सम्बन्धित नभर्इ आदिवासी जनजाति, खस सबैसँग सम्बन्धित छ । मोरङ, सुनसरी, झापा र पश्चिम कैलाली, कञ्चनपुर विवादितत जिल्ला हुन् तराइका । यी जिल्लाका सम्बन्धमा बिनाआधार होइन, ‘रिजनेवल’ आधारमा लचिलो हुन सकिन्छ । २६ बुँदे मागको दोश्रो ऐजेण्डा भनेको खस जातिलाई छुट्टै पहिचान चाहियो भन्ने हो । खस आर्य भनेर जुन ‘क्लस्टर’ कायम गरिएको छ । आर्यलाई बेग्लै पहिचान दिओस् र खसलाई बेग्लै ।

तेश्रो, माग भनेको समानुपातिकक समावेशी हुनुपर्यो । यसको विषयमा एक पटक संशोधन भयो । त्यो लागु हुने खालको छैन । व्यवहारिक हुनुपर्ने खालको हुनुपर्छ । यसका लागि संविधान संशोधन हुनु आवश्यक छ ।

अध्यक्ष उपेन्द्र यादवले त संविधान संशोधन नगरिए खारेजीको माग गर्ने बताएका छन् नि?

संविधान संशोधन भएन भने यो संविधान लागु हुँदैन । लागु नभए स्वतः खारेजी हुन्छ । १५ महिनासम्म हामीले खारेजीको कुरा गर्दैनौं । हाम्रो माग सम्बोधन नगरी चुनावको कुरा बढ्न सक्दैन । जबर्जस्ती गरिए सशक्त प्रतिकार गर्छौ । चुनाब हुन दिन्नौं । त्यस्तो दुस्साहस सत्ता पक्षले गर्यो भने देश मुडभेडमा जान्छ ।

प्रचण्ड सरकारले मोदीलाई पत्र पठाएर हामी संविधान संशोधन गर्न तयार छौ भनेछ । यो सरकारले संविधान संशोधन गर्ने कुरामा कत्तिको आशाबादी हुनुहुन्छ? संशोधन भए सरकारमा पनि जाने हो?

यस सरकारले जुन काम गर्दैछ त्यो गलत छ । मोदीलाई पत्र लेख्ने होइन । आन्तरिक छलफल गरेर समाधान गर्ने विषय हो । यस्तो कृयाकलापले देशको आत्मनिर्णको अधिकार गुम्छ । समस्या सामाधन भयो भने सरकारमा जान ठुलो कुरा छैन । तर, दुर्इ-तीन महिनाका लागि सरकारमा जानुको अर्थ छैन । सरकार साध्य होइन साधन हो । साध्य भनेको जनहित र विकास हो ।

अबको चुनाबमा तपाइहरुले आफनो पार्टीको कस्तो परिणामको परकल्पना गर्नु भएको छ?

संविधान संशोधन भयो भने चुनाव हुन्छ । चुनाब हुँदा हामी भाग लिन्छौ । सबैभन्दा पहिले प्रदेशकै चुनाब हुनुपर्यो । प्रदेशको चुनाव भएपछि मात्रै स्थानीय चुनाव हुनुपर्छ । अबको चुनावमा पनि कुनै पनि दलको स्पष्ट बहुमत आउँदैन, चुनावी प्रकृयाका कारणले । हाम्रो पार्टीले सम्भवत सरकारको नेतृत्व गर्ने हैसियत प्राप्त गर्दछ ।

तपाइ पहाडी खस पार्टीको नेता तर मधेशी दलसँग एकता गरेर बढनु भएको छ । यो मिलनको रहस्य के हो?

हामीमा क्याटोगोरिकल्ली केलाएर हेर्दा हरेक कुरामा फरक देखिन्छ । तर, अन्तरनिहीत सैद्धान्तिक सवालमा केही फरक छैन । हामी खसमाथि भएको आर्थिक, सामाजिक र भौगोलिक उत्पीडनबाट मुक्तिको सवाल उठाइरहेका छौ । त्यस्तै, मधेशीहरु खस वा जनजाति होइनन् । मधेशीको मुक्तिका सवाल उठाइरहेका थिए । जनजाति पनि त्यस्तै जनजातिको मुक्तिको । यसमा सैद्धान्तिक एकरुपता थियो नै । तर, बुँदागत बिल्कुलै भिन्न रह्यो । उनीहरुको मुद्धाको सैद्धान्तिक आधारमा समायोजन गरेको हो । त्यसैको प्रतिफल हो एकता । अहिले देशमा एउटा समुदायले अर्को समुदायको अस्तित्व स्वीकार नगर्ने, एकले अर्कोलाई होच्याउने र अपमानित गर्ने जुन राष्टिय पार्टीहरुको चरित्र देखिन्छ । त्यसले राष्टिय भावनात्मक एकतामा ठूलो आघात पुराइरहेको थियो । राष्टि«य एकीकरणलाई पूर्णता दिननिम्ति समुदायगत सदभावको भावनात्मक एकताको खाँचो थियो । जुन हाम्रो तीन पार्टीको समान चिन्तन थियो । त्यसले पछी पार्टी एकीकरणलाई बल दियो । अहिलेसम्म हाम्रो आन्तरिक पार्टी एकता एकदमै सौहार्दपूर्ण छ ।

(बिजनेसपाटीका लागि रिसब गौतमले लिएको अन्तर्वार्ता आवश्यक सम्पादनसहित साभार गरिएको हो । स.)





Back to Top ↑