बुध, साउन ८, २०७६

मधेसी मोर्चाबीना निर्वाचन असम्भव : जबरा

Published on २८ पुष २०७३, बिहीबार १५:०१ | by किरातसंसार

pashupati-samsher-jabara

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चाबिना कुनै निर्वाचन सम्भव नहुने बताएका छन् । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा राणाले संविधान संशोधनमार्फत् मधेसका जायज माग सम्बोधन नगरी कुनै पनि निर्वाचन सम्भव नहुने बताएका हुन् ।

उनले संविधान संशोधनमा अंगीकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको गलत भएको बताए । उनले अन्य देशमा जसरी वर्षौ लाग्छ, त्यसरी नै लागू गर्नु पर्ने भन्दै यो सारै खुकुलो व्यवस्था भएको बताए ।

स्थानीय निकायको निर्वाचन भई हालेपनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको भन्दै उनले सिमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताए ।

दोस्रो जनअन्दोलनपश्चात नेपालको राष्ट्रियता इतिहासमै कमजोर भएको भन्दै राष्ट्रियताको सवाललाई लिएर नै राप्रपा नेपाल र राष्ट्रिय पजातन्त्र पार्टी एक भएको बताए । संबिधानमा धर्म निरपेक्ष राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्मप्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताए ।





Back to Top ↑