आइत, चैत्र १०, २०७५

प्रसिद्ध तलेजु मन्दिर परिसरमा आगलागी

Published on २७ पुष २०७३, बुधबार १९:१९ | by किरातसंसार

taleju-aaglagi

भक्तपुर । भक्तपुर दरवार क्षेत्रमा अवस्थित तलेजु मन्दिर परिसरमा रहेको सुवाल घरमा आगलागी भएको छ । बुधबार दिउँसो दुई बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको महानगरिय प्रहरी प्रभाग दरवार क्षेत्रका प्रमुख नारायण चौहानले जानकारी दिए ।

भक्तपुर जुद्ध बारुण यन्त्र कार्यालयबाट आएको दमकल, प्रहरी, सैनिक र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । सुवाल घरमा तलेजु मन्दिरका लागि चढाईने भात पकाउने गरिन्छ, सोहि क्रममा आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।

आगलागिबाट बिश्व क्षेत्रमा सूचीकृत उत्त स्थानको दलिन, भाँडाकुँडा राख्ने दराज र सिँढी लगायत काठजन्य बस्तुमा आगो लाग्दा झन्डै १२ लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।





Back to Top ↑