आइत, चैत्र १०, २०७५

नेपालकी मिरा राई बनिन् नेशनल जियोग्राफिकको ‘एड्भेन्चर अफ द इयर’

Published on १४ माघ २०७३, शुक्रबार १३:५२ | by किरातसंसार

Mira Rai

काठमाडौं । अल्ट्रा धाविका मिरा राई नेशनल जियोग्राफिकको एड्भेन्चर अफ द इयरको विजेता बनेकी छन् ।

नेशनल जियोग्राफीको आधिकारिक वेबसाइटमार्फत् नेपालका अल्ट्रा धाविका राई एड्भेन्चर अफ द इयर २०१७ को विजेता भएको जनाएको छ । गत डिसेम्बर १६ सम्म गरिएको अनलाईन भोटिङका आधार राई विजेता बनेकी हुन् ।

असाधारण साहसिक सफलता प्राप्त गर्नेहरुको उत्कृष्ट दसको सूचिमा परेकी राई अल्ट्रा म्याराथनमार्फत् विश्वमा परिचित छन् । यसैले उनलाई नेसनल ज्योग्राफिक यस वर्षको साहसी व्यक्ति ‘एड्भेन्चर अफ द इयर’ चुनेका हुन् ।

नेसनल ज्योग्राफिकले राईसहित अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम उत्कृष्ट दसमा छनोट गरेको थियो ।





Back to Top ↑