आइत, चैत्र १०, २०७५

नेताहरुले पनि व्यवसाय गर्नु सकारात्मक : तामाङ

Published on १७ पुष २०७३, आईतवार १७:०० | by किरातसंसार

balbahadur-tamang

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले नेताहरुले राजनीतिसँगै व्यापार गरे भनेर आरोप लगाउन नमिल्ने बताएका छन् ।

एमालेनिकट उद्योग तथा वाणिज्य संघका सदस्यसमेत रहेका तामाङले नेताहरुलाई पनि जीविकोपार्जन गर्न व्यवसाय चाहिने भएकाले सकारात्मक रुपले हेरिदिनु पर्ने बताए । ‘हामीले अन्य देशको इतिहास हेर्ने हो भने पनि नेताहरुले कुनै न कुनै व्यवसाय गरेको पाइन्छ, यहाँचाँहि गर्नु हुँदैन भन्ने होइन तर त्यो व्यवस्थित र मर्यादित हुनुपर्छ’, तामाङले भने, ‘अन्यत्र नै आम्दानी हुने भएपछि नेताहरुले भ्रष्टाचार नगर्लान् भन्ने मान्यता राख्नुपर्छ ।’

साथै, उनले वर्तमान राजनीतिक अवस्था चित्तबुझ्दो नभएको बताए । ‘देशको लागि केही गरौं भन्ने सोच नेताहरुमा पलाउनुपर्छ कताकता त्यो अभाव नै भएजस्तो लाग्छ’, उनले भने, ‘अब एकले अर्कालाई दोष लगाएर कोही पनि उम्कने अवस्था छैन त्यसैले देशप्रति सबै चिन्तित हुनुपर्ने बेला हो यो ।’

ताप्लेजुङका उनले आफ्नो तर्फबाट जिल्लाको विकासमा केही टेवा पु¥याएको बताए । तत्कालै राजनीतिमा लागेर मन्त्री र सांसद भइहाल्नुभन्दा पनि समाजसेवाले जनताको मन जित्ने उनको लक्ष्य छ ।





Back to Top ↑