बुध, साउन ८, २०७६

धान उत्पादनमा वृद्धि

Published on २४ पुष २०७३, आईतवार २१:१२ | by किरातसंसार

A Nepalese farmer walks past rice paddy fields at Khokana village on the outskirts of Kathmandu on July 19, 2012. Rice accounts for almost 50 percent of cereal production in Nepal, which is particularly dependent on rainfall because less than one-third of its agricultural land is irrigated. AFP PHOTO/Prakash MATHEMA / AFP PHOTO / PRAKASH MATHEMA

कलैया । बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३-७४ भदैया, अगहनी धान खेतीबाट उत्पादनमा वृद्धि भएको छ ।

कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष जिल्लाका भदैया र अगहनी धान कुल एक लाख ८५ हजार पाँच सय चार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन गत वर्षको भन्दा ८ हजार ६ सय ६८ मेट्रिक बढी हो । गत आव ०७२÷७३ वर्षमा भदैया र अगहनी धानखेती गरी कुल एक लाख ७६ हजार ८ सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष भदैया धान १३ हजार एक सय ५६ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा ५५ हजार दुई सय ५७ मेट्रिक टन उत्पादन भएको र अगहनी धन ४१ हजार एक सय ३१ हेक्टर क्षेत्रफलमा लगाइएकामा एक लाख ३० हजार दुई सय ४७ मेट्रिक टन उत्पादन भएको हो । रासस





Back to Top ↑