आइत, चैत्र १०, २०७५

दुव्र्यवहारमा मुछिए संघीय समाजवादीका नेता

Published on २२ पुष २०७३, शुक्रबार १९:४७ | by किरातसंसार

pidit-ko-news

काठमाडौं । संघीय समाजवादी फोरमका एक नेता दुव्र्यवहारमा मुछिएका छन् । सर्लाहीका अध्यक्ष अशोक यादवले आफ्नै जग्गा कमाउने मोहीयानीमाथि दुव्र्यवहार गरेको समाचार बाहिर आएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पीडित बबिता महतोले जग्गाधनी यादवले आफूमाथि दुव्र्यवहार गरी अन्याय गरेको बताइन् । २०३८ सालदेखि मोहीमा खनजोत गर्दै आएको ५७ बिघा जमिनमा रोपेको धानबाली काट्न खोज्दा जग्गाधनीसमेत रहेका यादवसँग विवाद भएको थियो ।

जग्गाधनी यादव र मोहीयानी महतोबीच विवाद चुलिएपछि प्रशासनसमेतले साथ नदिएको दुःखेसो पत्रकार सम्मेलनमा पोखिन् । ‘अदालतले २०७३ साल ९ महिना १ गतेसम्म मोहियानीलाई धान काट्ने दिने र त्यसको सुरक्षा प्रहरी प्रशासनले गर्ने भनेर आदेश दिएको थियो’, उनले भने, ‘तर, राजनीतिक आडमा जग्गाधनी अशोक यादवले अदालतको निर्णयलाई लात हानेर अगावै धान काट्ने काम गर्यो, हामीलाई हातपात गर्ने काम गर्यो ।’

पीडित महतोका अनुसार सर्लाहीका एसपी उत्तम सुवेदीले पीडक यादवलाई कुनै कार्वाही गर्न नसकेको पनि बताए । महतोले आफ्नो श्रीमान बितिसकेपछि कठिन समस्याका बीचमा जीवनयापन गर्नु परिरहेको समेत गुनासो पोखिन् ।

एउटा सानो दुधे(अपाङ्गता)बालक काखमा बोकेर आएकी पीडित महतोले जग्गाधनी यादवले राजनीतिक आडमा आफूमाथि अन्याय गरेको विषयमा सञ्चारकर्मीसमक्ष सहयोगको याचता गरिन् ।





Back to Top ↑