आइत, चैत्र १०, २०७५

‘छापामार युवतीको डाइरी’ अंग्रेजी संस्करणमा

Published on १४ माघ २०७३, शुक्रबार १६:२४ | by किरातसंसार

guerilla girl

काठमाडौं । तारा राईको पुस्तक ‘छापामार युवतीको डायरी’को अंग्रेजी संस्करण प्रकाशित भएको छ । ‘गुरिल्ला गर्ल’ नाम दिइएको अंग्रेजी संस्करण बेलायतमा प्रकाशित भएको हो ।

बेलायतको कमर्सियल प्रकाशन गृह ‘कनराड प्रेस’ले यसै हप्ता राईको छापामारको युवतीको डाइरी अंग्रेजीमा प्रकाशित गरेको हो । जयन्त शर्माद्वारा अनुवादित यस कृतिलाई साहित्यकार नरेश काङमाङ राई, कवि अपजसे कान्छा र बेलायती लेखक जेम्स एजिंगरले सम्पादन गरेका छन् ।

१४ वर्षको कलिलो उमेरमा माओवादी जनयुद्धमा होमिएकी राईले जनयुद्द लड्ने क्रममा आफ्ना साथीहरु आफ्नो आँखै अघिल्तिर तत्कालीनन शाही सेनाको गोलीबाट ढलेको तस्बिर तारा राईले ‘गुरिल्ला गर्ल’मा उतारेकी छिन् । उनले सेनाको कब्जामा परी जेल जीवन भोग्दाको पीडा पनि पुस्तकमा समेटेकी छन् ।





Back to Top ↑