सोम, जेष्ठ ६, २०७६

चित्रबहादुरको जिकिर– संघीयता र नेपालमध्ये एकमात्रै रहन्छ!

Published on २६ पुष २०७३, मंगलवार १४:१० | by किरातसंसार

chitra-bahadur-kc

भक्तपुर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता र नेपालमध्ये एक रहने चुनौती दिएका छन् ।

रफत सञ्चार क्लबद्वारा आयोजित कार्यक्रममा केसीले पहाड र तराईलाई टुक्राएर आफ्नो लामो समयदेखिको योजना संघीयता नेपालीको घाँटीमा जबरजस्ती भिडाएर कालान्तरमा नेपाल भारतमा गाँभ्ने योजना पूरा गर्न लागेकाले ‘कि संघीयता रहने कि नेपाल रहने’ बताए ।

उनले प्रतिपक्षको विरोधका बाबजुद संशोधन विधेयक टेबल गरेर संसदको मर्यादाविपरीत विदेशीको आदेश पालना गर्न वर्तमान सरकारले संशोधन विधेयक टेबल गरी गाईजात्रा देखाएको आरोप लगाए ।

उनले स्थानीय तहको निर्वाचनको विधेयक ल्याउने अवस्थामा लोकमानको मुद्दा र संशोधन प्रस्ताव ल्याएर अल्झाउने र सत्ता र शक्तिका लागि छिमेकीको भरमै निर्भर हुने अवस्था छाडी समयमै युद्धस्तरमा स्थानीयको निर्वाचनको तयारी गर्नु पर्ने औंल्याए । साथै, केसीले स्थानीय निकायको निर्वाचन नभए लोकतन्त्र र गणतन्त्र समाप्त हुने जिकिरसमेत गरे ।





Back to Top ↑