सोम, जेष्ठ ६, २०७६

‘गोयाङको सुगन्ध’लाई पहिचान पुरस्कार, लेखकले खबर सुन्न पाएनन्

Published on १० पुष २०७३, आईतवार १३:२१ | by किरातसंसार

arjun-khaling

काठमाडौं । स्वर्गीय कवि तथा चित्रकार अर्जुन खालिङको कृति ‘गोयाङको सुगन्ध’ले यस वर्षको पहिचान पुरस्कार पाउने भएको छ । गत २९ मंसिरमा आत्महत्या गरेका खालिङको आफ्नो कृतिले पहिचान पुरस्कार पाएको सुखद खबर सुन्न पाएनन् ।

उनको मृत्युको ठीक १० दिनपछि ‘गोयाङको सुगन्ध’ कृतिलाई २ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार दिने निर्णय गरेको पहिचान पुरस्कार कोषले जनाएको छ । यसअघि सो पुरस्कार राजन मुकारुङको निबन्ध ‘फेरिँदो सौन्दर्य’ले पाएको थियो ।

यस वर्ष स्व. खालिङको कवितासंग्रह ‘गोयाङको सुगन्ध’लाई कोषले प्रदान गर्ने भएको बेलायतबाट नरेश काङमाङ राईले जनाए । २०५८ साल स्नातक तह फाईन–आर्टमा उनी गोल्डमेडल विजेतासमेत हुन् । खालिङका दुईवटा कविता संग्रह ‘सूर्य निरन्तर डडिरहेछ’ र ‘गोयाङको सुगन्ध’ प्रकाशित छन् ।

लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।

हरेक पाँच–पाँच वर्षमा पुरस्कार राशी बढाउँदै लगिने कोषले जानकारी गराए । पुस्तक, कृतिलाई यो पुरस्कार दिइने भए तापनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने छ ।





Back to Top ↑