सोम, जेष्ठ ६, २०७६

आफ्नै ज्वाईंको सल्लाहअनुसरा ट्रम्पले ह्वाईट हाउस चलाउने

Published on २६ पुष २०७३, मंगलवार १३:३९ | by किरातसंसार

trump1

वासिंटन, बीबीसी । अमेरिकाका राष्ट्रपति निर्वाचत डोनाल्ड ट्रम्पले नयाँ प्रशासनमा आफ्ना ज्वाईं जेरेड कुशनरलाई ह्वाई हाउसका वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त गर्ने भएको छ ।

३५ वर्षीय कुशनरको ट्रम्पकी छोरी इभांकाका पति हुन् । उनले राष्ट्रपति चुनावको अभियानका लागि पुंजी संकलन गर्ने रणनीति बनाएर निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कुशनरको भूमिका घरेलु र विदेशी नीतिसँग जोडिने अनुमान गरिएको छ जसमा मध्य पूर्वमा व्यवसाय सम्बन्धि सम्झौता पनि संलग्न हुनेछ । यो नियुक्तिका लागि सिनेटको स्विकृत आवश्यक छैन ।

यद्यपि, जानकारहरुले यो नियुक्ती देशको एन्टी– नेपोटिजम अर्थात् भाइ–भतिजावाद कानूनको उल्लंघन होइन र भन्ने प्रश्न गरेका छन् । यो कानून अनुसार कोही पनि सरकारी अधिकारीले आफ्ना नातेदारलाई सरकारी नियुक्ती दिन सक्दैन ।

ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारको रुपमा कुशनरले कुनै तलब नलिने र आफ्नो व्यवसायिक हितबाट टाढा रहि निर्णय लिने बताइएको छ । आफ्ना ससूराजस्तै कुशनर पनि एक रियल स्टेट व्यवसायी हुन् ।





Back to Top ↑