बुध, अशोज १, २०७६

अलग अभियान : पुसमा बालन्द र बिना जम्दा

Published on २५ पुष २०७३, सोमबार १७:११ | by किरातसंसार

SAMSUNG CSC

ललितपुर । गायक तथा संगीतकार बालन्द राई र कवि तथा कथाकार बिना थिङ तामाङको विशेष उपस्थिति र प्रस्तुतिका साथ अलग अभियानाको पुस शृङ्खला सम्पन्न भएको छ ।

राईले रोचक शैलीमा आफ्नो कथा सुनाउँदै केही गीत पस्किए । उनले चर्चित युगल गीतहरु ‘मिनि बसैमा’ र ‘उकाली ओराली’ प्रस्तुत गर्दा गायिकाद्वय पार्वती राई र आभा मुकारुङले साथ दिएका थिए । उनले साहित्य र सङ्गीतको मिश्रण राम्रो लागेको बताउँदै निरन्तरताको लागि शुभेच्छा व्यक्त गरे ।

alagabhiyan-poush2073-snap2

थिङले पनि आफ्नो विगत फुकाउँदै आफ्ना सशक्त पाँच कविता सुनाइन् । उनले भनिन् ‘यसएलसी दिए लगत्तै मेरो बिबाह भयो, मेरो पढाइ रोकियो, पछि मैले शिक्षकको जागिर पाएँ र पढाई निरन्तरता दिएँ । लेखन पनि मैले पछि मात्र सुरु गरेको हुँ । सबैको जीवनमा अप्ठ्यारा परिस्थितिहरु आउँछन् तर आत्तिनु हुँदैन ।’

alagabhiyan-poush2073-snap1

अतिथिहरुको अलवा कविहरु स्वप्निल स्मृति, अमित चाम्लिङ, साङ्केन बान्तावा, बम बानियाँ, रोशन यक्सो, नारायण नेपाल, नमन अनु, ज्योति भट्टराई लगायतले कविता वाचन गरे भने मण्डल साम्पाङ, भिमसेना राई, रेवत राई, यम समाल, कर्ण लामा, सुनिता राई, सुरज लामा, नाकिमा नाकिम लगातयले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
अलग अभियानले हरेक महिना साहित्य र सङ्गीतको शृङ्खला आयोजना गर्दै आएको छ ।





Back to Top ↑