आइत, चैत्र १०, २०७५

अटेरीको घरमा विप्लप माओवादीले चलाए डोजर

Published on २० पुष २०७३, बुधबार १४:४६ | by किरातसंसार

dozer

काठमाडौँ । सरकारी जग्गा अतिक्रमण गरी घर बनाएर बस्ने माओवादीको निशानामा परेका छन । कीर्तिपुर नगरपालिका वडा नम्बर–१ स्थित जीवन महर्जनले बनाएको घरमा विप्लव माओवादीले डोजर लगाएको हो ।

यसैक्रममा नेकपा ९माओवादी०ले काठमाडौंको कलंकी खसिबजार स्थित एक घरमा डोजर लगाएका छन् । पटक–पटक सम्झाउँदा पनि नमानेपछि माओवादीका कार्यकर्ताले अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएको बताइएको छ ।

‘पटक–पटक सम्झाउँदा पनि नमानेपछि हामीले भत्काएका हौँ,’ नेकपा माओवादी काठमाडौँ जिल्ला कार्यलय सदश्य लोकेश विश्वकर्माले घटनाको जिम्मेवारी लिदै भने,‘शासन र सम्पत्तिको दुरुपयोग गर्दै सार्बजनिक जग्गा कब्जा गरेर बनाएको घर बाध्य भएर नेकपा माओवादीले भत्काएको हो ।’





Back to Top ↑